Menu Close

बिश्वमा भइरहेको कोरोना भाइरसको महामारी संग लड्न स्कटल्याण्डबाट मद्दतको अपिल।।।

नेपाल स्कटल्याण्ड एसोसिएसन ।

यो कोभिड १९ महामारीको कुनै स्पष्ट अन्त नभएकोले यस दृष्टिकोणले हामी बाँच्न र बचाउन आधारभूत अत्यावस्यक गाँस/बास, स्वास्थ्य सरसफाइ संग अनिश्चित समय सम्म यस बिषम परिस्थितिमा बाँच्नको लागि सबै एक जुट भई सहयोग र सहकार्य गर्न अति आवश्यक रहेको छ।
यसको प्रभावले सरकार द्वारा सम्पूर्ण समुदायमा आपतकालीन तालाबन्दि ल्याएको छ, जुन ठूलो आर्थिक बोझमा परेका छन्। यसमा व्यापारी, श्रमजीवी, अन्तर्राष्ट्रिय विद्यार्थीहरू र अन्य सम्पूर्ण व्यक्ति हरूमा प्रभाब रहेको देखिन्छ र हाल अनुसन्धान अनुसार धेरै प्रभावित पहिलो वर्ष का अन्तर्राष्ट्रिय विद्यार्थीहरूमा रहेको छ। यस्तै परिस्थिति भइरहेमा पछि यसको प्रभाव सम्पूर्ण मानवमा नपर्ला भन्न सकिन्दैन्।
तर यस्तो परिस्थिति नआवस्, श्री पशुपतिनाथ संग यहि प्राथना गर्दछौं।
यस बिषम परिस्थितिमा नेपाली दूतावास लगायत बिभिन्न संघ संस्थाको समुदाय प्रतिको सद्भाव र सहयोगको उच्च क़दर गरेका छन्।
यस आपत्काल समयमा सम्पुर्ण स्कटलैण्ड नेपाली परिवार सधैं मदत गर्न सम्पूर्ण स्वयंसेवक साथीहरू – असमर्थ, उमेर पुगेका, बिमारी व्यक्तिहरूका लागि अतिआवश्यक खाना खरीद गर्न, घर सम्म खाना पुर्‍याउन, दात्री हरूबाट बिध्यार्थीवर्ग हरूको लागि गॉस र वासको ब्यवस्था साथै संग संस्था हरू बाट सरकारी र गैरसरकार बाट पाउने सुविधा उपलब्ध गराउन मार्ग प्रशस्त र सहयोगमा जुटेका छन्।
यस बिषम परिस्थिति लाई अझ बढी प्रभावकारी र व्यवस्थित बनाउन स्कटल्याण्डमा रहेका सबै १४ नेपाली संघसंस्थाहरू एकीकृत भई स्कटल्याण्ड र भैपरिआएमा सबै ठाउँ बाट यस कोभिड-१९ लाई हराउन हामि सबै यस बिरूद्द लड्न निर्णय गरेको छ।
संकटकालीन अवस्थामा सक्दो सहयोग पुराउन क्षेत्रगत रूपमा बिभिन्न संघ संस्थाहरूका ज़िम्मेवार सदस्यहरूको नेतृत्वमा स्वयंसेवक समुह तयार गरी समुदायमा सहयोग पुर्याउने निर्णय गरेको छ। यस कोष समिति ले भैपरि आउने समस्याको लागि आकस्मिक कोष खडा गरी स्कटलैण्ड र एन एच एस (NHS) लाई सहयोग गर्ने निर्णय गरेको छ। क्षेत्रीय स्तरको यस्तो समुह सर्व प्रथम महामारीबाट बढी प्रभावित क्षेत्रमा सहयोग गर्ने भएको छ।
यस एन आर एन ए स्कटलैण्ड राज्य समन्वय परिषदका अध्यक्ष छबिलाल अर्यालको संयोजकत्वमा हाललाई १६ जनाको कोभिड-१९ राहत सहयोग समिति गठन गरिएको छ।
यस संयुक्त रुपमा बसेको अनलाईन कार्यसमिति बैठकमा निरन्तर खटनु हुने स्वास्थ्यकर्मीहरू प्रति सम्मान प्रकट गरेको छ । वैठकले विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाईरसबाट संक्रमित भै अकालमा मृत्यु हुनु भएका नेपालीहरू प्रति श्रद्धांजलि समेत अर्पण गरेको छ र साथै यस संक्रमित विमारी व्यक्तिहरूको शीघ्र सुस्वास्थ्यको कामना गरेका छन्।
यसका लागि यहाँहरू सबैको समर्थन र सहयोग लागि र यस कार्यलाई द्रुत गतिमा अघि बढाउन तत्काल आर्थिक सहयोग को धेरै आवश्यक हुनाले यसको लागि यहाँ हरू समक्ष आर्थिक सहयोग उपलब्ध गराउन हार्दिक अनुरोध गर्दछौं।
यसका लागि तल दिइएको gofundme लिङ्कमा गई सहयोग गरिदिन हुन ह्रदय देखि हार्दिक अनुरोध गर्दछौं ।।।
https://bit.ly/2SmzHpY
https://www.worldometers.info/coronavirus/
कोभिड १९ राहत सहयोग समिति सदस्य टोलीहरू, स्कटल्यान्ड
१. गैर आवासीय नेपाली संघ, स्कटल्याण्ड,
संयोजक: छविलाल अर्याल
सदस्य सचिव: दिवाकर पाण्डे, कोषाध्यक्ष: शर्मिली भण्डारी
२. नेपाल स्कटल्याण्ड एसोसिएसन (एडिनवरा),
सदस्य: बिजय डंगोल
३. ग्लासगो नेपाली एसोसिएसन (ग्लास्गो),
सदस्य: पुरन कंडेल
४. स्कट स्पोर्ट्स क्लब ( एडिनवरा),
सदस्य: गोकर्ण भुसाल
५. दियो क्लब बेलायत (ग्लास्गो),
सदस्य: कृष्ण देवकोटा
६. नेपाली स्कटिस् सोसाइटी (ग्लास्गो),
सदस्य: नविन पन्चाकोटी
७. हिमालयन कला र संस्कृति केन्द्र (एडिनवरा),
सदस्य: मनीष खत्री
८. फाईफ् नेपाली समुदाय (फाईप),
सदस्य: रामप्रसाद वगाले
९. नेपाली साऊथ साईद समुदाय, (ग्लासगो),
सदस्य: रामप्रसाद कंडेल
१०. नेपाली हिमालयन एसोसिएशन (एबरडीन),
सदस्य: नविन निष्चल कार्की
११. हरियाली आमा समूह (ग्लास्गो।),
सदस्य: डोली शर्मा भट्ट
१२. फोर्थ भ्यालि नेपाली संघ (फलकृक),
सदस्य: मोहन कार्की
१३. जी एस कला र संस्कृति (ग्लास्गो ),
सदस्य: गोविन्द देवकोटा
१४. अर्गनाईजेसन फ़र नेपलीज कल्चर एन्ड वेलफ़ेयर (ओएनसीडब्लु) (एवरडीन),
सदस्य: प्रकाश अर्याल
धन्यवाद।।

1 Comment

Comments are closed.